छुइ प्रथामा आधारित चलचित्र ‘टालो’ युट्युबमा रिलिज  

छुइ प्रथामा आधारित चलचित्र ‘टालो’ युट्युबमा रिलिज  

रिम विश्वकर्माको कथा अनि दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादनमा निर्माण भएको चलचित्र ‘टालो’ युट्युबमार्फत रिलिज भएको हो। 

चलचित्रमा छुई (मासिक स्राव) को बेला चेलीलाई छ दिनसम्म घरमा बस्न नदिई गोठमा वा जङ्गलमा सानो गोठ बनाएर राख्ने गरिने कुप्रथालाई देखाइएको छ। अमानवीय कुप्रथालाई उन्मुलन गर्न सहयोगीको काम गरोस् भनेर यो फिल्म निर्माण गरिएको कथाकार तथा निर्माता रिम विश्वकर्मा बताए।

वर्षाको समयमा वास्तविक छाउगोठ मै गई एकदमै दुख गरी निर्माण गरिएको यस चलचित्रले युट्युबमा राम्रै प्रतिक्रिया आएकोले आफू चलचित्रप्रति एकदमै खुसी रहेको निर्देशक दीपक श्रेष्ठको बताए। उनले भने,‘आफूले निर्माण गरेका चलचित्रप्रति दर्शकको राम्रो प्रतिक्रिया आइरहेको छ। त्यसैले असाध्यै खुसी छु।’ कथामा जीवन्तता आओस् भनेर स्थानीय कलाकारलाई नै समावेश गराइएको निर्माण पक्षको भनाई छ।

निहारिका फिल्मस प्रा लिको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा रिम विश्वकर्मा, अञ्जलि खड्का, प्रेम देव गिरी, सुशीला सिंजापती, सुशीला सिं, उदय बि के, गगन बि के, एलिशा बादी, सम्झना बादी, खगेन्द्र के पी, भुपेश सोनी, शेरबहादुर, खगेन्द्र जैसी, जमुना बि क लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रमा दुइटा गीतमा मेलिना राई, शान्ति श्री परियार, रिसी खड्काको आवाज रहेको छ भने रमेश बिजी र ऋषि खड्काको शब्द रचना रहेको छ। उत्तम रिमालले चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन्। 

असार ५, २०७८ शनिबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।