सल्यानको शारदा नदीको टापुमा थुनिएका ११ जनाको उद्दार
सुर्खेत : सल्यानको शारदा नदीको टापुमा थुनिएका ११ जनाको उद्दार गरिएको छ।
शारदा नगरपालिका–६, बरालामा धान रोप्न गएका उनीहरु फर्किँदा नदीमा पानीको बहाव बढेपछि टापुमै थुनिएका थिए।
दिउँसो करिब १२ बजेदेखि टापुमा थुनिएका उनीहरुलाई साढे ६ घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्दार गरेका हुन्।
पानीको बहाव उच्च भएकाले उद्दार गर्न कठिनाइ भए पनि स्थानीय स्रोत साधनको प्रयोगबाट सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठले जानकारी दिए।
असार ३, २०७८ बिहीबार २०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।