चलचित्रकर्मीका लागि कोरोना खोपकाे ५ हजार मात्रा उपलब्ध गराउन निर्माता संघको माग
काठमाडौं : चलचित्र निर्माता संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग चलचित्रकर्मीकर्मीका लागि कोरोना भाइरस विरुद्धको खोपको ५ हजार मात्रा उपलब्ध गराउन माग गरेको छ।
निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई ज्ञापन पत्र बुझाउँदै यस्ताे माग गरेकाे हाे।
संघले स्वास्थ्य मन्त्रालयलाई बुझाएको पत्रमा चलचित्रकर्मीका लागि साढे चार हजारदेखि पाँच हजारसम्म खोप उपलब्ध गराउन माग गरिएको छ।
यसअघि चलचित्र विकास बोर्डले पनि मन्त्रालयसँग ३ हजार चलचित्रकर्मीलाई कोरोना विरुद्धको खोप माग गरेको थियो।
असार २, २०७८ बुधबार १९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।