कर्णाली सरकारद्वारा ३६ अर्ब ६६ करोड रूपैयाँकाे बजेट प्रस्तुत
सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब रूपैयाँभन्दा बढीको बजेट ल्याएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आज (मंगलबार) प्रदेशसभामा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रूपैयाँको बजेट सार्वजनिक गरेका छन्।
बजेटमा पूँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार (५९ प्रतिशत), चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार (३१ प्रतिशत) र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार (१० प्रतिशत) छ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ।
असार १, २०७८ मंगलबार १९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।