कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
प्रदेशसभाको आज बसेको बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेशसभामा पेस गरिएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।
नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारले आजै अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट सार्वजनिक गर्ने भएका छन्।
असार १, २०७८ मंगलबार १५:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।