कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेद्वारा सांसदलाई ह्विप

कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेद्वारा सांसदलाई ह्विप

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

एमाले संसदीय दलको मंगलबार बिहान बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्तमको विपक्षमा मतदान गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए।

सोमबार प्रदेशसभामा सभामुख राजबहादुर शाहीले चार सांसदको पुनर्बहाली भएको सूचना प्रदेशसभालाई जानकारी गराएपछि सत्तापक्षमा बस्दै आएका चार जनाको सिट प्रतिपक्षमा राखिएको थियो। तर, हिजो बैठकमा चारै जना अनुपस्थित भएका थिए। आज बसेको दलको बैठकमा भने सांसद प्रकाश ज्वाला सहभागी भएका थिए। 

प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। अहिले प्रदेशसभा बैठक चलिरहेको छ।

प्रदेश सरकारमा सहभागी एमालेका तीनै जना मन्त्रीले नीति तथा कार्यक्रमको मतदानमा उपस्थित नहुने बताएका छन्।

असार १, २०७८ मंगलबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।