राउटेले भेटे कर्णालीका मुख्यमन्त्री, दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन माग
सुर्खेत : राउटे समुदायका व्यक्तिले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेका छन्।
राउटे समुदायका व्यक्तिले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै पुगेर मुख्यमन्त्री शाहीसँग भेट गरेका हुन्। भेटका क्रममा उनीहरुले दैनिक उपभोग्य सामग्रीको अभाव भएको भन्दै सहयोगका लागि अनुरोध गरेका छन्।
मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षणसँगै राउटे परिवारलाई खाद्यान्न लगायतको सामग्री सरकारले उपलब्ध गराउने प्रतिवद्धता जनाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
उक्त भेटमा राउटे समुदायको बासस्थान, सुरक्षा व्यवस्था लगायतका विषयमा छलफल भएको थियो। छलफलमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी पनि सहभागी थिए।
मुख्यमन्त्री शाहीले राउटे समुदायका व्यक्तिलाई खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशनसमेत दिएका छन्।
जेठ २८, २०७८ शुक्रबार २०:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।