चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न आयुर्वेद चिकित्सक सङ्घको माग 

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न आयुर्वेद चिकित्सक सङ्घको माग 

सुर्खेत : कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुर्खेतका आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल आयुर्वेद चिकित्सक सङ्घले माग गरेको छ। 

घटनाबारे सङ्घले ध्यानाकर्षण पत्र निकाल्दै चिकित्सकमाथि हातपात गर्नेलाई हालै जारी भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ बमोजिम पुर्पक्षका लागि थुनामा राखी हदैसम्मको जरिवाना र कैद तोक्न माग गरेको हो। 

साथै हातपातबाट घाइते प्रदेश आयुर्वेद औषधालय सुर्खेतका कार्यालय प्रमुख डा. शंकरप्रसाद रिजाल, चिकित्सक डा.यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीको उपचारका लागि उचित क्षतिपूर्ति दिलाउन समेत सङ्घले भनेको छ। अध्यादेशमा चिकित्सकमाथि हातपात गर्नेलाई १ वर्ष कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। 

प्रदेश आयुर्वेद औषधालयले सञ्चालनमा ल्याएको आइसोलेसनमा बसेका बिरामीको सेवामा खटिएका चिकित्सकमाथि बिहीबार साँझ १५(१६ जनाको समूहले हातपात गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

 

जेठ २८, २०७८ शुक्रबार १३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।