निवेदकलाई प्रधानन्यायाधीशको चेतावनी: निवेदन फिर्ता लिनुस् नत्र अवहेलनामा कारबाही गर्छु

निवेदकलाई प्रधानन्यायाधीशको चेतावनी: निवेदन फिर्ता लिनुस् नत्र अवहेलनामा कारबाही गर्छु

काठमाडौँ : संसद् विघटन सम्बन्धी संवैधानिक इजलासमा अधिवक्ता राजाराम घिमिरेले पेस गरेको ११ न्यायाधीश इजलास बस्न नमिल्ने निवेदनमा छलफल भएको छ।

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठनको माग भएपछि उनले न्यायाधीशहरुले हेरेको मुद्दा लगायतका विषयलाई आधार बनाएर निवेदन दिएका थिए।
निवेदनमाथिको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले निवेदन फिर्ता लिन आग्रह गर्दै निवेदन फिर्ता नलिए अवहेलना मुद्दामा कारबाही गर्ने चेतावनी दिए।

निवेदनको दाबी हेर्ने हो भने कुनै न्यायाधीशले पनि मुद्दा हेर्न नमिल्ने भएकाले अदालतले काम गर्न नसक्ने भन्दै राणाले भने'तपाईँहरूले न्यायाधीश छान्ने हो भने कारबाही हुन्छ। निवेदन फिर्ता लिनुस्।'

अधिवक्ता घिमिरे ,यज्ञमणि न्यौपाने ,दीपक मिश्र र कृष्णप्रसाद भण्डारीले संसद् विघटनको रिटमा इन्ट्रेस्ट बाझिएको भन्दै ११ जना न्यायाधीश इजलासमा बस्न नमिल्ने दाबी गरेका थिए।

जेठ २३, २०७८ आइतबार १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।