मुगुमा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले आज (शनिबार) आदेश जारी गर्दै आज राति १२ बजेदेखि जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको जानकारी दिए।
जिल्लामा कोरोना संक्रमितको संख्या तीव्ररुपले बढिरहेकाले यसको नियन्त्रण र रोकथामका लागि संक्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को उपदफा ३ अनुसार १० दिन निषेधाज्ञा थपिएको आदेशमा उल्लेख छ।
यसअघि हिजाे जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति मुगुले जेठ मसान्तसम्म निषेधाज्ञा थप्न सिफारिस गरेकाे थियाे।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार शनिबारसम्म जिल्लाभर कोरोना संक्रमितको संख्या ३ सय ६५ पुगेको छ। तीमध्ये १ सय ६६ जना निको भएको र २ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ।
जेठ २२, २०७८ शनिबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।