शान्ति निकुञ्ज स्कुललाई कोभिड आइसोलेसन बनाइयो

शान्ति निकुञ्ज स्कुललाई कोभिड आइसोलेसन बनाइयो

काठमाडौंः काठमाडौँ महानगरपालिकाको वडा नम्बर २० मा रहेको शान्ति निकुञ्ज स्कुलमा कोभिड आइसोलेसन केन्द्र बनाइएको छ। सुरुमा १० वटा बेड राखेर सुरु गरिएको उक्त आइसोलेसन केन्द्रमा केही समयमा नै २० वटा सम्म बनाउने २० नम्बर वडाका वडा अध्यक्ष राजेन्द्र मानन्धरले बताए।

‘विभिन्न सामाजिक सस्थाहरुसँग छलफल गर्दा वडामा नै आइसोलेसन बनाउने सल्लाह भयो र हामीले यो स्कुलमा आइसोलेसन बनाएका हौ,’ वडा अध्यक्ष मानन्धर भन्छन्, ‘देशमा देशमा कोरोनाको भयावह स्थिति छ। अस्पतालमा बेड र अक्सिजन दुवै छैन। हाम्रो टोलमा बस्नेहरूलाई कोरोना भयो भने के गर्ने भनेर यहाँ आइसोलेसन स्थापना गरेका हौँ।’

उनले आफ्नो टोलमा मानिस अक्सिजन नपाएर मर्न नपरोस् भनेर टोलमा नै आइसोलेसन स्थापना गरेको बताए। एउटा कोठा लिएर बसेहरुलाई कोरोना आक्रमण भयो भने के गर्ने भनेर आफूहरूले अगाडि बढेको उनी बताउँछन्।

परिवारमा भएको एक जनालाई मात्र कोरोना सङ्क्रमण भयो भने उक्त आइसोलेसनमा राख्न सकिने उनको भनाइ छ। उक्त आइसोलेसनमा ‘सबैका लागि खाना’ नामक संस्थाले खानाको व्यवस्था मिलाएको छ।

सुरुमा ४ जना स्वास्थ्यकर्मी राखेर सुरु भएको उक्त आइसोलेसनमा आवश्यकता अनुसार स्वयंसेवीहरु थप गर्दै लैजाने बताइएको छ।

सिटी भ्यालु अनुसार कोठाको व्यवस्था मिलाएको उक्त आइसोलेसन केन्द्रले स्वास्थ्य अवस्था कमजोर भएमा अस्पतालसम्म पुर्याउने बताएको छ। ‘अहिले गोर्खा अस्पताल, क्षेत्रपाटी अस्पताल सँग कुरा गरेका छौं,’ उनले भने।

यहाँ बस्न, खानको लागि पैसा लाग्दैन। केही संस्था र व्यक्तिहरूको सहयोगमा नै उक्त आइसोलेसन बनेको अध्यक्ष मानन्धरले जनाए। उनी अफ्ट्यारो परेका जोसुकै पनि बस्न मिल्ने उनी बताउँछन्।

जेठ १७, २०७८ सोमबार ११:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।