प्रधानन्यायाधीश राणाले गोविन्द बन्दीलाई भने- तपाईं यसरी बहस गर्न पाउनुहुन्न

प्रधानन्यायाधीश राणाले गोविन्द बन्दीलाई भने- तपाईं यसरी बहस गर्न पाउनुहुन्न

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका ३० अर्थात् सबै मुद्दाको सुनुवाइ स‌ंवैधानिक इजलासमा भइरहेको छ।

आजको इजलासको सुरुमा निवेदकका तर्फबाट गोविन्द बन्दीले बहस गरेका छन्। १४६ सांसदको तर्फबाट बहस गरेका बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठले गरेको नेकपा विभाजनको फैसलाको विषय उठाएका थिए।

बन्दीले बहसका क्रममा शेरबहादुर केसी र श्रेष्ठले आफैंले यसलाई मनन गरेर इजलास छाड्नुपर्ने तर्क गरेपछि प्रधानन्यायाधीश राणाले यसरी बहस गर्न नपाउने बताएका थिए।

'तपाईंले फैसला राईट र रङ छुट्याउन पाउनहुन्न,'  प्रधानन्यायाधीश राणाले बन्दीलाई भने।

यसैगरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आजै बहस गरेका छन्। उनले बहस क्रममा प्रधानन्यायाधीश राणाले प्रश्न गरेका थिए। उनको प्रश्न थियो, 'संसद विघटन र नेकपाको फैसलाको विषयको तात्विक सम्बन्ध छ कि छैन?

आजै वरिष्ठ अधिवक्ता महादेव यादवले पनि बहस गरेका छन्। उनले देशलाई कतातिर लैजाने हो, इजलासले निर्क्योल गर्नुपर्ने बताएका थिए।

१४६ सांसदको तर्फबाट ८ कानुन व्यावसायीले १ घण्टामा बहस सक्नेगरी समय लिएका छन्।

 

जेठ १६, २०७८ आइतबार १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।