गायिका लास्मित राईको निधन

गायिका लास्मित राईको निधन

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण गायिका लास्मित राईको निधन भएको छ।

भारतको दार्जिलिङमा जन्मिएकी राईको लोक, आधुनिक र चलचित्रका गीतमा स्वर सुन्न सकिन्छ। 

दुई गीति एल्बम बजारमा ल्याएकी उनले बलिदान, परदेशी कान्छा, गाउँले, रगत, नाम के हो, लेखान्तलगायत चलचित्रका गीत पनि गाएकी थिइन्। 

नआउ सपना भरी, तिमीले दिएका वेदना, टुटेका मन, सधैँभरी, कहिले हराउँदै, म मैनासरी, सुनकोशीको सङ्लो पानी, झारेको आँशु, तिम्रो माया, साउने भेललेलगायत गीतमा पनि उनको स्वर सुन्न सकिन्छ। 
 

जेठ १५, २०७८ शनिबार १९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।