सुर्खेतमा एमालेको समानान्तर कमिटी गठन, अध्यक्षमा बडूवाल
पछिल्लो राजनीतिक घटनाक्रम अनुसार यत्रतत्र छरिएर रहेको सङ्गठनलाई पुर्नःगठन गरेको नवनियुक्त अध्यक्ष बडूवालले बताए।अध्यक्ष बडूवालले भने, ‘पार्टीका साङ्गठनिक गतिविधि सञ्चालन गर्न र पार्टी एकतालाई दबाब सिर्जना गर्न सबै सच्चा कम्युनिस्ट एक ठाउँमा उभिने प्रयास गरेका हौँ।’
जिल्ला कमिटीको आकार २५१ भए पनि अन्य व्यक्तिहरूलाई केही दिनमा मनोनीत गरिने उनको भनाई छ। उपाध्यक्षमा टोप बहादुर रास्कोटी, सचिवमा शिव प्रसाद उपाध्याय र उप सचिवमा बलबहादुर नेपाली मनोनीत भएका छन्।
नेपाल पक्षका निवर्तमान प्रतिनिधि सभा सदस्य धुब्रकुमार शाही सुर्खेतका अध्यक्ष हुन। उनी संस्थापन पक्षमा लागेपछि समानान्तर कमिटी गठन भएको हो।
जेठ १५, २०७८ शनिबार ०८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।