राधा पौडेल फाउण्डेसनद्वारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई फाउण्डेसनको तर्फबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
फाउन्डेसनले कन्सन्ट्रेटर ६ थान, पिपिई सेट २० थान, अक्सिमिटर १० थान, फेस सिल्ड सय थानलगायत सामग्री दुईवटा अस्पाललाई दिएको हो।
जसमध्ये प्रदेश अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर ४ थान, पिपिई सेट १० थान, अक्सिमिटर ५ थान, फेससिल्ड ५० थान सहयोग गरिएको फाउन्डेसनले जनाएको छ।
महामारीका बेला कोरोना संक्रमित र स्वास्थ्यकर्मीलाई राहत दिन स्वास्थ्य सामग्री सहयोग गरिएको फाउण्डेसनका प्रतिनिधि नगेन्द्र उपाध्यायले जानकारी दिए।
मदन पुरस्कार पाएको कृति ‘खलंगामा हमला’की लेखिका राधा पौडेलले स्थापना गरेको यो फाउण्डेसनले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरिरहेको उनले बताए।
जेठ ८, २०७८ शनिबार १९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।