अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छानियो ‘महानगर’

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छानियो ‘महानगर’

काठमाडौं : मोहन राई निर्देशित चलचित्र ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ।

चलचित्रका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालले चलचित्र ‘महानगर’ को प्रिमियर फेस्टिभलमा नै हुने पनि जानकारी गराएका छन्। यसअघि यो चलचित्रको भारतको कोलकाता फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको थियो।

‘अञ्जली’ र ‘सखी’ नामका दुई चलचित्र निर्माण गरेका मोहनको ‘महानगर’ फिचरमा डेब्यु चलचित्र हो। चलचित्र ‘अञ्जली’ तेस्रोलिंगी अञ्जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री हो भने ‘सखी’ छोटो चलचित्र रहेको छ।

विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय चलचित्रबाट ‘महानगर’ छनोट भएको हो। यो फेस्टिभलको २४औं संस्करण हो। फेस्टिभल भने मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्ने बताइएको छ।

वैशाख २७, २०७८ सोमबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।