तीव्र बन्दै कोरोना संक्रमण, आज ७४४८ जनामा संक्रमण, ३७ जनाको मृत्यु
काठमाडौं : नेपालमा दोस्रो लहरको कोरोना भाइरस तीव्र गतिमा फैलिइरहेको छ। भाइरसबाट संक्रमित हुनेको संख्या दिनदिनै थपिइरहेको छ।
पछिल्लो २४ घन्टामा ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै बढी हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १७ हजार १ सय ७६ जनामा परीक्षण गर्दा ७४४८ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ।
२४ घन्टायता ३७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ३ हजार ३ सय ६२ पुगेको छ।
आज २ हजार २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ।
२० बैशाख, २०७८, १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।