स्वास्थ्य मन्त्रालय भन्छ- थेग्नै नसक्नेगरी संक्रमण बढ्यो, अब अस्पतालमा बेड उपलब्ध गराउन सकिँदैन

स्वास्थ्य मन्त्रालय भन्छ- थेग्नै नसक्नेगरी संक्रमण बढ्यो, अब अस्पतालमा बेड उपलब्ध गराउन सकिँदैन

अति प्रभावित २२ जिल्लामा कोरोना भाइरस संक्रमण फैलने दर डरलाग्दो भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले देशको प्रणालीले नै थेग्न नसक्नेगरी संक्रमण फैलिरहेकाले सबै जनाले जनस्वास्थ्यका मापदण्ड अपनाई संवेदनशील हुन अपिल गरेको छ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ।’

मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुर जिल्लालाई कोरोना भाइरस संक्रमणको अतिप्रभावित जिल्लाका रुपमा सूचीकृत गरिसकेको छ। यी जिल्लामा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जनाएको छ।

वैशाख १७, २०७८ शुक्रबार १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।