कर्णालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु
कर्णाली प्रदेश अस्पतालमा उपचाररत कालिकोटको नरहरिनाथ गाउँपालिकाका ७३ वर्षीय पुरुष र सुर्खेतको पञ्चपुरी नगरपालिका ५ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन डा. के एन पौडेलले जानकारी दिए।
यस्तै, कोरोना संक्रमणकै कारण लेकबेसी नगरपालिका १ का ५४ वर्षीय पुरुषको मृत्यु भएको छ। उनलाई उपचारका लागि प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डा. पौडेलले जानकारी दिए।
यसैगरी, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय, सल्यानले जनाएको छ।
वैशाख १७, २०७८ शुक्रबार ०७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।