निशेधाज्ञाको त्रास: तीन दिनमा पाँच लाखले काठमाडौं छाडे

निशेधाज्ञाको त्रास: तीन दिनमा पाँच लाखले काठमाडौं छाडे

काठमाडौं : कोही गाडीमा चढिरहेका छन् त कोही काउन्टरबाट टिकट लिँदै। कोही भने गाडीको प्रतीक्षामा छन्। 

राजधानी काठमाडौंको कलंकी क्षेत्रमा आज (बुधबार) यस्तै दृश्य देखियो। 

नयाँ बसपार्क कोटेश्वरलगायत क्षेत्रमा पनि राजधानी छाड्नेको यस्तै ताँती थियो। कोरोना संक्रमणको दोस्रो कहरसँगै सरकार निशेशाज्ञामा पुगेपछि तीन दिनयता घर फर्कनेको ठेलमठेल छ। 

कोरोना भाइरस (कोभिड–१९) को पहिलो कहरमा लागेको लकडाउनमा काठमाडौंमा जीवन गुजारा गर्न बसेका धेरेैको सकस बढाएको थियो। एक साताहुँदै लकडाउन बढेको थियो। यो पाली लकडाउनको पहिलो सातामै धेरेै घर फर्किए। 

नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले पछिल्लो तीन÷चार दिनमा उपत्यकाबाट झण्डै पाँच लाख मानिस बाहिरिएको जानकारी दिए। 

कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यालयले जिल्लाभर भोलिदेखि निषेधाज्ञा लगाइने भएको छ। उपत्यकाका तीन वटै प्रशासन कार्यालयले गत सोमबार निषेधाज्ञा लगाइने आदेश जारी गरेका थिए।

त्यसयता उपत्यका बाहिरिनेको चाप बढेको यातायात व्यावसायी महासंघले जनाएको छ। 


 

वैशाख १५, २०७८ बुधबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।