कोरोना सङ्क्रमणबाट पूर्व मन्त्री बोहराकी आमाको निधन
धनगढी : कोरोना सङ्क्रमणबाट पूर्व मन्त्री झपटबहादुर बोहराकी आमाको निधन भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बोहराकी आमा धौली देवी बोहराको मङ्गलवार राति उपचारका क्रममा निधन भएको बोहराका स्वकीय सचिव आदर्श साउदले जानकारी दिए।
७८ बर्षिया धौली देवी सेती प्रादेशिक अस्पतालमा उपचाररत थिइन्। निमोनियाबाट ग्रसित उनको मङ्गलवारदेखि अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो।
वैशाख १५, २०७८ बुधबार ०८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।