कर्णालीमा एकै दिन थपिए १३८ जना कोरोना संक्रमित

कर्णालीमा एकै दिन थपिए १३८ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १ सय २९ जना छन्। यस्तै, जाजरकोटका ४, दैलेख र कालिकोटका २–२ र जुम्लाका १ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए।

निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार मंगलबार मात्रै प्रदेशमा थप १६ जना कोरोनामुक्त भएका छन्। 

कर्णालीमा आज (मंगलबार) एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। निर्देशनालयका अनुसार सुर्खेतस्थित प्रदेश अस्पतालमा जुम्लाका एक पुरुषको मृत्यु भएको छ। योसँगै कर्णालीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३५ पुगेको छ।

हालसम्म कर्णालीमा आइसोलेसनमा बस्ने संक्रमितको संख्या ७ सय ७ पुगेको छ।
 

वैशाख १४, २०७८ मंगलबार २३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।