नेपाल ट्राञ्जिट बनाई तेस्रो मुलुकको उडानमा प्रतिबन्ध

नेपाल ट्राञ्जिट बनाई तेस्रो मुलुकको उडानमा प्रतिबन्ध

अध्यागमन विभागका अनुसार कोभिड-१९ को नयाँ भेरिएन्टको बढ्दो जोखिमलाई मध्यनजर गर्दै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुकको यात्रा गर्न रोक लगाइएको हो।

पछिल्लो समय भारतबाट नेपालको विमानस्थल प्रयोग गरी अन्य मुलुक जाने क्रम बढेपछि अध्यागमनले रोक लगाएको हो। विभागले वैशाख १५ गते रातको १२ बजेबाट लागू हुने गरी यस्तो निर्णय गरिएको जनाएको छ।

विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार नेपाल प्रवेश गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गर्न रोक लगाइएको हो। तर नेपाललाई अन्तिम गन्तव्य बनाई आउजाउ गर्नेहरुका लागि भने कुनै रोक नलगाइने विभागले जानकारी दिएको छ।

वैशाख १४, २०७८ मंगलबार १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।