गुडिरहेको एम्बुलेन्सबाट भागेर जङ्गल पसे सात जना कोरोना सङ्क्रमित 

गुडिरहेको एम्बुलेन्सबाट भागेर जङ्गल पसे सात जना कोरोना सङ्क्रमित 
फाइल तस्बिर।

धनगढी : कैलालीमा गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना सङ्क्रमित भागेका छन्। आइसोलेसन सेन्टरमा लैजाने क्रममा सात भारतीय नागरिक भागेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका उनीहरूको त्रिनगर नाकामा एन्टिजेन विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी १५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा उनीहरू भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुङ्गानाले बताए।

उनका अनुसार उनीहरू बेलीको जङ्गलमा पसेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले भने यसबारे अहिलेसम्म खबर नआएको जनाएको छ।

 

वैशाख १०, २०७८ शुक्रबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।