नेपालद्वारा मलेसियासामु २१८ रनको लक्ष्य प्रस्तुत 

नेपालद्वारा मलेसियासामु २१८ रनको लक्ष्य प्रस्तुत 
फाइल तस्बिर।

काठमाडौं : त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृंखलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियासामु २ सय १८ रनको लक्ष्य प्रस्तु्त गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनाएपछि मलेसियाले जितका लागि २ सय १८ रनको लक्ष्य पाएको हो। 

नेपालका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका करन केसीले आक्रामक पारी खेल्दै ४५ रन जोडेपछि नेपालले दुई सयको आँकडा पार गरेको हो। १३ बलमा उनले आफ्नो पारीमा ७ छक्का प्रहार गरे। 

यस्तै, आशिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१ र दीपेन्द्रसिंह ऐरीले ३३ रन जोडे। यसैगरी, कुशल मल्ले १९ रनमा नटआउट रहँदा कुशल भुर्तेलले १६ रन बनाए। 

बलिङतर्फ मलेसियाका सैयद अैजाज, फित्री साम र अनवर रहमानले समान २ तथा मुहम्मद वाफिकले १ विकेट लिए। 

मलेसियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। 

वैशाख ९, २०७८ बिहीबार १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।