राजधानीका अस्पतालमा दोस्रो मात्रा खोप लगाउनेको भीड (फोटो फिचर)
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा दिन थालेको छ।
माघ १४ देखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएकालाई आजदेखि ११ गतेसम्म दोस्रो मात्रा दिन थालिएको मन्त्रालयले जनाएको छ। पहिलो प्राथमिकतामा परेका ४ लाख ४९ हजार ८८० जना व्यक्तिले पहिलो मात्रा खोप लगाएका थिए।
दोस्रो मात्रा खोप लगाउन राजधानीका विभिन्न अस्पतालमा मानिसको भीड लागेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुग्दा दोस्रो मात्रा खोप लगाउनेहरुको ठूलै भीडभाड देखिएको थियो।
वैशाख ७, २०७८ मंगलबार १२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।