‘हत्ते नहाल’ मार्फत कामना र भावनासँग दिनेशको सहकार्य

‘हत्ते नहाल’ मार्फत कामना र भावनासँग दिनेशको सहकार्य

काठमाडौं : ‘हत्ते नहाल’ गीत सार्वजनिक भएको छ। गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। संगीत संयोजन पुरुषोत्तम सुवेदी र मिक्सिङ किशोर थापाले गरका छन्। 

म्यूजिक भिडियोमा गायकलाई अञ्जली अधिकारीले साथ दिएकी छन्। देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो अनिल के. मानन्धरले छायाँकन गरेका हुन्। 

गायिका भावना आचार्यका बग्ने खोला बगी गो, माया बस्ला फेरि, जब माया नजिकै र गायक दिनेश थापाको स्वरमा बोली नफेर, पानी मिठो कलकल कुवाको गीत आइसकेका छन्। 
 

२० चैत, २०७७, १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।