निर्णय फिर्ता लिएर भेलामा आउन ओलीलाई शाक्यको आग्रह 

निर्णय फिर्ता लिएर भेलामा आउन ओलीलाई शाक्यको आग्रह 

काठमाडौँ : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले फागुन २८ को निर्णय फिर्ता लिएर कार्यकर्ता भेलामा आउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेकी छन्। खनाल-नेपालको राष्ट्रिय कार्यकर्ता भेलामा उनले ओलीलाई निर्णय सच्याएर आउन आग्रह गरेकी हुन्। 

उनले पार्टीलाई एक ढिक्का बनाएर लैजान छलफल गर्न सक्ने बताइन। ‘भेला गर्दा बालुवाटारलाई पीडा भएछ,’ शाक्यले भनिन्, ‘यो गुटको भेला हैन।’ उनले ओली अझै सच्चिन सक्ने बताइन्। 

‘२८ गतेको निर्णय सच्याए अझै एक ठाउँमा हुन सक्छौँ,’ उनले भनिन्‘कम्युनिस्ट पार्टी  बचे पद ठुलो कुरा हैन।’ उनले ओली नसच्चिए आयु आफूहरूले तोक्नु नपर्ने बताइन।  भनेले भनिन्, ‘ओली सच्चिनु भएन भने तपाईँको आयु हामीले तोक्नु पर्दैन।’

 

चैत ४, २०७७ बुधबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।