ओली रुसका कम्युनिस्ट नेता गोर्भाचोभ बनेको पाण्डेको आरोप
काठमाडौँ : नेकपा एमालेका पालिटव्युरो सदस्य राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली गोर्भाचोभको संज्ञा दिएका छन्।
रुसका कम्युनिस्ट नेता मिखाइल गोर्भाचोभले जस्तै नेपाली कम्युनिस्ट विघटन गराउने काम ओलीले गरेको पाण्डेको आरोप छ।
उनले ओली कसको इशारामा नाचेका हुन्? भनेर प्रश्न समेत गरे। नेपालका कम्युनिस्ट एक भएको चित्त नबुझेका देशी विदेशीको सेवा गर्ने काम ओलीले गरेको उनको अर्को आरोप छ।
खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी पाण्डेले आफूहरू नेपालको कम्युनिस्ट आन्दोलन जोगाउन भेला भएको बताए। ‘एमालेलाई विभाजन गर्न होइन, अझै बचाउन सकिन्छ भनेर भेला भएका हौ,’ पाण्डेले उकेरासँग भने,‘कम्युनिस्ट बचाउन जस्तो सुकै कारबाही भोग्न तयार छौ।’
चैत ४, २०७७ बुधबार ११:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।