खनाल-नेपालको भेलामा ओलीको नजर, निहुखोजाहरुसँग नझुक्ने 

खनाल-नेपालको भेलामा ओलीको नजर, निहुखोजाहरुसँग नझुक्ने 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई निष्प्रभावी बनाउने चेष्टा भएको बताएका छन्। एसिड र तेजाब आक्रमण विरुद्धको अध्यादेश टेबल गर्न नदिएर संसद्लाई निष्प्रभावी बनाउने चेष्टा भएको ओलीले आरोप लगाए। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चियापान तथा भेटघाट कार्यक्रममा ओलीले संसद्लाई प्रभावकारी र कामकाजी बनाउनु पर्ने बताए। ‘संसद्लाई देश र जनताको हितमा काम गर्ने थलो बनाऊ,’ उनले भने, ‘स्वार्थको, खिचातानीको होइन, काम गर्ने थलो बनाऊ।’

उनले भोलि खनाल-नेपाल पक्षले बोलाएको कार्यकर्ता भेलामा नजना नेता कार्यकर्तालाई सजग र सचेत गराएका छन्। उनले भोलिको भेलामा नजर जाने भन्दै निहुखोजाहरु नझुक्ने बताए। उनले पार्टीमा मनपरी गरेर हिँड्ने छुट कसैलाई नहुने बताए। 

खनाल-नेपाल पक्षले ओलीको चियापान कार्यक्रम बहिष्कार गरेको छ। उनीहरूलाई लक्षित गर्दै ओलीले चियापानमा केही अनुहार नदेखिएको बताए। उनले खनाल-नेपाल पक्षको कार्यकर्ता भेलालाई गुटगत भेला भने। उनले नाम नलिई खनाल-नेपाल पक्ष सेटिङमा चलेको आरोप पनि लगाए। 

चैत ३, २०७७ मंगलबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।