बाल यौन दुराचारबारे बनेको सर्ट फिल्म ‘सावधान’ दर्शकले रुचाए

बाल यौन दुराचारबारे बनेको सर्ट फिल्म ‘सावधान’ दर्शकले रुचाए

काठमाडौँ :  बाल यौन दुराचारलाई मुख्य विषय बनाएर दीपेन्द्र लामाको निर्देशनमा बनेको सर्ट फिल्म ‘सावधान’ दर्शकहरूले रुचाएका छन्। फिल्म युट्युबमा सार्वजनिक भएको तीन दिनमा २ लाख बढिले सर्ट फिल्म हेरेका छन्।

सर्ट फिल्ममा वर्षा राउत काब्या अधिकारी र प्रवीण खतिवडाको मुख्य भूमिका रहेको छ। अन्य कलाकारमा आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामी लगायत कलाकारको अभिनय छ ।  

अधिकांश बाल यौन दुराचार परिचितबाटै हुने गरेको देखिन्छ। सर्ट फिल्मले यही विषयलाई केन्द्रमा राखेको छ। 

निर्देशक दीपेन्द्रले भने, ‘ हामी आफ्ना छोराछोरीलाई हामी मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिने गर्छौ। तर आफ्ना छोराछोरीमाथि भइरहेको दुर्व्यवहारबारे अनविज्ञ हुन्छौँ। बेलैमा छोराछोरीको समस्या बुझ्न सकिएन भने ठुलै दुर्घटना हुन सक्छ भन्ने कथामा हामीले सावधान तयार पारेका हौँ ।’

‘सावधान’ मा  शैलेन्द्र ध्वज कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको सङ्गीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन छ । ‘सावधान’ जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानीमा निर्माण गरेका हुन् । फिल्म साढे १० मिनेटको छ । 

 

चैत २, २०७७ सोमबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।