धुम्बाराहीमा ओली-नेपाल वार्ता
काठमाडौँ : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निम्तोमा नेकपा एमालेको खनाल-नेपाल पक्ष पार्टी कार्यालय धुम्बाराही पुगेको छ।
पार्टी अध्यक्ष ओलीसँग वार्ता गर्न खनाल-नेपाल पक्ष धुम्बाराही पुगेको हो। वार्ताका लागि महासचिव ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, सुभाषचन्द्र नेम्वाङ पनि पार्टी कार्यालय पुगिसकेका छन्।
भरखरै अध्यक्ष ओली पनि पार्टी कार्यालयमा पुगेका छन्। ओलीले खनाल-नेपाल पक्षलाई सहभागी नगराई पार्टीको महाधिवेशन, केन्द्रीय कमिटीमा मनोनयन गरेपछि खनाल नेपाल पक्षले छुट्टै स्थानीय तहसम्मको कार्यकर्ता भेला बोलाएको छ।
भेला अगाडि नै ओलीले खनाल-नेपाललाई वार्तामा बोलाएका हुन्। ओलीले भृकुटीमण्डपमा शनिबार भएको महिला भेलामा खनाल नेपाललाई पेरिस डाँडाबाट अर्याल होटेलसम्म आएको र त्यहाँ एक/दुई दिन बास बसेपछि पार्टी कार्यालय आउने बताएका थिए।
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरू एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा बस्न लागेका हुन्।
चैत २, २०७७ सोमबार ११:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।