एमालेको माधव–झलनाथ समूह बाम एकताको पक्षमा

काठमाडौँ : नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल निकट स्थायी कमिटी सदस्यहरूको बैठकले बाम एकताको पक्षमा अगाडि बढ्न जोड दिएको छ।
सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि बसेको बैठकमा उनीहरूले बाम एकताको प्रयासलाई छाड्न नहुने र सरकार पनि बाम पार्टीकै बन्नुपर्नेमा जोड दिएका हुन्।
एमाले ब्युँतिएपछि खनाल र नेपाल माओवादी केन्द्रको बैठकमा जान छाडेको छ। उता पार्टीका अध्यक्ष केपी ओलीले पनि बैठकमा बोलाएका छैनन्।
उनीहरूको समूहको बैठकले जिल्ला तहमा पार्टी कार्यालयमा भइरहेको विवादबारे लिखित रूपमै पार्टी अध्यक्ष ओलीसँग आफ्ना धारणा राख्ने तयारी समेत गरेका छन्।
को-को स्थायी समिटी सदस्य छन् समूहमा ?
एमालेमा स्थायी समिटी सदस्य रहेकामध्ये झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भेट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र अमृत बोहोरा उनीहरूसँग देखिएका छन्।
फागुन २७, २०७७ बिहीबार १७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।