'अन्दाज'को त्यो डरलाग्दो दृश्य
काठमाडौँ : दुई दर्जन चलचित्रमा अभिनय गरेका अभिनेता सबिन श्रेष्ठ एक्सन हिरोकोमा रूपमा परिचित छन् ।
एक समय राम्रै चलेका थिए । छविराज ओझाको ‘अन्दाज ’बाट चलचित्रमा डेब्यु गरेका उनी सोही फिल्मबाटै एक्सनमा देखिएका सबिनको पछिल्लो समय प्रदर्शनमा आएको चलचित्र ‘हिरो रिटर्न’मा एक्सन भूमिकामै देखिएका थिए।
तर कोरोनाका कारण चलचित्र हलमा लाग्न पाएन । डिसहोम लगायतबाट प्रदर्शनमा आयो। श्रेष्ठले ‘अन्दाज’चलचित्रको एक फाइटको दृश्य दिँदाको अनुभव उकेरासँग यसरी साटे।
०००
पहिलो चलचित्र ‘अन्दाज’ मै धेरै फाइटका सिनहरू राखियो। मलाई पनि रुचि थियो एक्सनमा। तर त्यो फिल्मको एउटा सिन गर्दा झन्डै ज्यान गुमाउनु परेन। अहिले सम्झँदा पनि आङ सिरिङ हुन्छ मेरो। पहिलो फिल्म नै झन्डै अन्तिम भएन। धन्न बाँचियो।
तातोपानीको लामो साँघुमा क्ल्याइमेक्स फाइटको सिनको छायाङ्कन भइरहेको थियो। सिन एउटा कारखानाभित्रको थियो।
अग्लो ठाउँमा फलामको पाइप थियो। विना कुनै सेप्टी त्यसमा दौडनुपर्ने। ब्यालेन्स बिग्रिएर तल खस्यो भने बाँच्न कठिन थियो।
जीवन लुइँटेल र म एउटा पाइपबाट पारी कुद्यौँ। भाग्यवश केही पनि भएन। तर अहिले सम्झँदा पनि डर लाग्छ। त्यो बेला दुस्साहसै गरेको हो। अब चैँ त्यस्तो दृश्य गर्नुपर्यो भने सेप्टी हेर्छु। सधैँ भाग्यले साथ दिँदैन नि।
फागुन २५, २०७७ मंगलबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।