बलिउड अभिनेता मिथुनको राजनीतिक यात्रा : भारतीय जनता पार्टीमा प्रवेश 

बलिउड अभिनेता मिथुनको राजनीतिक यात्रा : भारतीय जनता पार्टीमा प्रवेश 

काठमाडौँ : बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। उनी पश्चिम बङ्गालमा चुनावी सरगर्मीकाबीच भारतीय जनता पार्टी प्रवेश गरेका हुन्।

मिथुनले यस अघि कोलकाताको बिग्रेड मैदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको भएको र्यालीमा बीजेपीको सदस्यता लिएका थिए। हालै उनले बङ्गाल चुनावमा पार्टीका लागि समर्थन जुटाउने प्रतिबद्धता व्यक्त गर्दै चलचित्र छोडेर पाटीको कार्यक्रममा लागेका बताएका छन्।  

मिथुनले सन् १९७६ मा रिलिज फिल्म ‘मृगया’बाट चलचित्रमा अभिनेताका रूपमा डेब्यू गरेका थिए। यो चलचित्रबाट उनले ‘वेस्ट एक्टर’को राष्ट्रिय अवार्ड समेत जितेका थिए।

मिथुन चलचित्रमा प्रवेश गर्दाको त्यो समयमा अमिताभ बच्चन, राजेश खन्ना र जितेन्द्र जस्ता कलाकार हिट थिए।  

चलचित्रमा अभिनयको पहिचान बनाइरहँदा सन् २०११ मा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बर्नजीले चुनाव जितेपछि मिथुनलाई आफ्नो पार्टीमा आउन निम्तो दिएकी थिइन्। बर्नजीको प्रस्तावसँगै उनले राजनीतिक यात्रा सुरु गरेका थिए । अहिले आएर उनी बिजेपीमा आबद्ध भएका भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

फागुन २४, २०७७ सोमबार १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।