घिमिरे र विश्वकर्मालाई औद्योगिक पत्रकारिता पुरस्कार
भैरहवा : उकेराकर्मी दीपक घिमिरे र एपिवान टेलिभिजनका राधेश्याम विश्वकर्मा औद्योगिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ।
पत्रकारिताका माध्यमबाट भैरहवा क्षेत्रको औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास गरेको भन्दै सङ्घले दुबैजनालाई पुरस्कृत गरेको हो।
सङ्घको ६२ औँ साधारण सभा तथा अधिवेशनमा अर्थमन्त्री विष्णु पौडेलले घिमिरे र विश्वकर्मालाई नगद र दोसल्ला सहित सम्मान गरेका थिए।
१५ वर्ष देखि रुपन्देहीलाई पत्रकारिताको कार्य थलो बनाएका घिमिरे उकेरा डटकमका लुम्बिनी प्रदेश प्रमुख हुन्। विश्वकर्मा एपिवान टेलिभिजनका लुम्बिनी प्रदेश ब्युरो प्रमुख हुन्।
२१ फागुन, २०७७, २०:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।