‘कल हो ना हो’की जिया अभिनय छोड्दै
एजेन्सी : बलिउडमा दुई दशक अघि रिलिज भएको चलचित्र ‘कल हो ना हो ’ की बाल कलाकार झनक शुक्लको अभिनय निकै रुचाइएको थियो।
उनले यस चलचित्रमा जिया कपुरको भूमिकामा अभिनय गरेकी थिइन्। अहिले ती सानी जिया उमेरले २५ वर्षकी भइसकेकी छन्।
उनले आफूले अहिले आफूले चलचित्रमा काम नपाएको गुनासो गरेकी छिन्। उनले हालै इन्स्टामा भिडियो हाल्दै २५ वर्षको उमेरमा पनि काम नपाएको भन्दै गुनासो गरेकी छिन्।
उनले उक्त भिडियोमा १० वर्ष देखि रिटायर लाइफ बिताइरहेको महसुस गरेको बताउँदै अब अभिनयबाट ब्रेक लिने सङ्केत गरिन्।
‘मेरो रिटायर लाइफ सुरुवात भइसकेको छ । म चिल गर्छु । म साबुन बनाउँछु । म घुम्छु । म कहिलेकाहीँ लेख्छु । मलाई लाग्छ अब मेरा लागी यही सही छ,’ उनले भनेकी छन्।
चलचित्र ‘कल हो ना हो’मा उनले शाहरुख खान, प्रीति जिन्टा र सैफ अली खानसँग अभिनय गरेकी थिइन् । उनले यस चलचित्रमा सानी जिया कपूरको भूमिका निर्वाह गरेकी थिइन् । जुन अभिनयको अहिले पनि चर्चा हुने गर्छ।
उनले १५–१६ वर्षकोहुँदा अभिनय एकदमै मन पर्ने तर अव पहिलाको जस्तो अभिनयमा इन्ट्रेस्ट नभएको बताएकी छिन्। आफूले बाल्यकालमा धेरै अभिनय गरेको बताउँदै उनले भनेकी छिन्‘बाल्यकालमा मैले धेरै काम गरेँ । बिचमा मलाई अभिनयबाट ब्रेक लिन माता–पिताले आग्रह गर्नुभयो । यसपछि म निरन्तर रूपमा स्कुल जान थालेँ । त्यसपछि अभिनयप्रतिको रुचि हराएको छ।’
झनकले भनेकी छन्,‘म सानी थिएँ तब मेरो दिमागमा थियो २४ वर्षको भएपछि धेरै कमाउनेछु र घरजम गरेर बस्नेछु। तर २५ वर्षको उमेर भइसक्दा मैले केही कमाउन सकेको छैन । मैले केही कमाउँदा नसक्दा पनि मेरो परिवार सपोर्टिभ छ । यसैमा खुसी छु।’
फागुन २१, २०७७ शुक्रबार २०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।