ट्रयाकसुटमा काठमाडौँ भित्रिएका विप्लव सभागृह पुग्दा सुटमा
काठमाडौँ : सार्वजनिक हुन काठमाडौँ भित्रिदा नेकपाका नेता नेत्र विक्रम चन्द विप्लव ट्रयाकसुटमा थिए। उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजनिक हुन राष्ट्रिय सभा गृहमा पुग्दा भने कालो सुटमा पुगेका थिए।
उनी कालो सुट र कालो पेन्टमा थिए। उनको वार्ता टोलीका दुवै सदस्य पनि कोट लगाएर कार्यक्रममा सहभागी भएका थिए। सरकारीपक्ष ईश्वर पोखरेल र सुवास नेम्वाङ दौरा सुरुवालमा थिए भने रामबहादुर थापा बादल कोटमा थिए।झकिझकाउ सुट सेटमा छन्।
कार्यक्रममा सम्बोधन गर्दै विप्लवले जे सपना देखेर कम्युनिस्ट आन्दोलनमा लागेको हो सो पुरा गर्ने दाबी गरेका थिए। उनले बेपत्ता, घाइते अपाङ्गको पक्षमा काम गर्ने वचन दिएका थिए।
मञ्चमा पूर्व माओवादीका नेतामध्ये बादल मात्र अटाए। उनी पनि वार्ता टोलीको प्रमुखको हैसियतमा। वार्ता टोलीका सदस्य राजन भट्टराई कार्यक्रम सञ्चालकको भूमिमा रहे। वार्ता टोलीमै नभए पनि ईश्वर पोखरेल र सुवास नेम्वाङले मञ्चमा स्थान पाएका थिए।
विप्लवतिर भने तीन जान मात्रै सहभागी भए। पार्टी प्रमुखको रूपमा नेत्र विक्रम चन्द अनि अन्य २ वार्ता टोलीका सदस्यको रूपमा मञ्चमा पुगेका थिए।
कार्यक्रममा प्रधानमन्त्री केपी ओलीलाई विशिष्ट स्थानमा राखिएको थियो। सरकारी टोली र विप्लव समूहका लागी दायाँ–बायाँ तीन–तीन कुर्सी राखिएको थियो भने ती कुर्सीको लहरबाट बिचमा सोफा राखिएको थियो।
फागुन २१, २०७७ शुक्रबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।