मन्त्रीहरू सभा हलमा आउन थाले, प्रधानमन्त्री र विप्लवको पत्तो छैन
काठमाडौँ : सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच भएको सहमति पत्र सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा बल्ल मन्त्रीहरू आउन थालेका छन्।
प्रधानमन्त्री केपी ओली र नेकपा विप्लवका महासचिव नेत्र विक्रम चन्द २ बजे कार्यक्रम स्थलमा आउने भनिए पनि दुवै आएका छैनन्। टोपबहादुर रायमाझी, रामवीर मानन्धर, भानुभक्त ढकाल भने कार्यक्रम स्थलमा आइपुगेका छन्।
कडा सुरक्षाका कारण हलमा प्रवेश गर्न चाहने कार्यकर्ताहरू भने २ घण्टादेखि लाइनमा छन्। हल खचाखच भरिइसकेको छ।
फागुन २१, २०७७ शुक्रबार १४:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।