ओली विप्लव मिलनको बेला बिछोडको गीतमा मग्न कार्यकर्ता

ओली विप्लव मिलनको बेला बिछोडको गीतमा मग्न कार्यकर्ता
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्न लागेको राष्ट्रिय सभागृह भरिभराउ भएको छ। 

सभागृहमा 'असारे महिनामा पानी पर्यो रुझाउने', 'कान्छा हे कान्छा' लगायतका गीत बजिरहेका छन्। बोलको गीतको धुन बजिरहेको छ। नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा उत्सुकहरूको भिड नै लागेको छ।

पत्रकारको उपस्थिति पनि बाक्लो छ। भित्र प्रवेश गर्नेहरूको लाइन लामो छ। 

प्रधानमन्त्री ओली र विप्लव भने २ बजे मात्रै सभागृहमा पुग्ने कार्यक्रम रहेको छ। 

फागुन २१, २०७७ शुक्रबार १३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।