नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट तीन महिना निलम्बन गर्ने दाहाल–नेपाल केन्द्रीय कमिटीको निर्णय
पार्टी कार्यालय पेरिसडाँडामा आज (बुधबार) बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य नेम्वाङलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको उक्त समूहका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई उपनेताबाट राजीनामा गर्न निर्देशन दिएको छ।
यस्तै, बैठकले ने क पा ओली समूहले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईलाई पनि केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको उनले बताए।
यसैगरी, सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, कर्ण थापा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए।
साथै बैठकले सर्वाेच्च अदालतको संसद् विघटन बदर गर्ने फैसलाको स्वागत गरेको छ।
फागुन १९, २०७७ बुधबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।