ललितपुरकी रश्मिलाई ब्युटी क्विनको ताज 

ललितपुरकी रश्मिलाई ब्युटी क्विनको ताज 

काठमाडौँ : लेट मि इन मिसेस् ब्युटी क्विन नेपाल सिजन ४ को ताज ललितपुरकी रश्मि शाक्यले सिउरिएकी छिन्। रश्मिले २२ प्रतियोगीलाई पछि पार्दै मिसेज ट्यालेन्ट अवार्ड सहित विजेताको ताज जित्न सफल भएकी हुन्। 

प्रतियोगितामा डा. अश्विना केसीले फस्ट रनर अप साथै इन्टेलीजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन। सेकेन्ड रनर अप लसता शाक्य भइन भने वेस्ट स्किन र वेस्ट वाकको टाइटल पनि उनैले पाइन। 

यस्तै थर्ड रनर अप शर्मिला घिसिङ, फोर्थ रनर अप सपना थापा र अर्गनाइजर च्वाइसको ताज अम्बिका थापाले जिते।

सृजना थापाले डसिपिलिन, सजिता रेग्मी कन्फीडेन्ट, लक्ष्मी राणा लोयल, सुनिता केसी पपुलर, अन्जु क्षेत्री फोटोजेनिक, रेनु रायमाझी फ्रेन्ड्ली, इनोसेन्ट निरु सिंह, हम्वल लक्ष्मी घिमिरे, लक्ष्मी अर्यालले मिसेज वव्ली, सृजना अधिकारी व्यूटीफूल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटीक, चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मी महर्जन कोटियोर्स, पनिता कार्की अनेष्ट, सरस्वती आचार्य गौतमले मिसेज हार्डर्ओकीङ र दाङकी सुन्नीमा लम्सालले मिसेज व्रेभ एन्ड वोल्ड अवार्ड पाएका छन्। 

फागुन १८, २०७७ मंगलबार १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।