‘चिसो मान्छे’को छायांकन सुरु
काठमाडौं : चलचित्र ‘चिसो मान्छे’को छायांकन आज (सोमबार)बाट सुरु भएको छ।
चलचित्रको छायांकन काठमाडौंबाट थालिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए।
उक्त चलचित्र खनालले नै खिँच्दै छन्। यस्तै, चलचित्रमा कथावस्तु पनि खनालकै छ।
शर्मिला पाण्डेको लगानी रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बिसी लगायतका कलाकारको मुख्य भूमिका रहेको निर्देशक खनालले जानकारी दिए।
खड्का १८ लाख रूपैयाँमा चलचित्रमा अनुबन्ध भएकी हुन्।
चलचित्रमा समाजका ‘चिसो मानिस’हरूको कथा समेटिएको निर्देशकसमेत रहेका लेखक खनालले बताए। उनले चलचित्रको छायांकन घाममा नगरिनेसमेत बताए।
चलचित्रको प्रदर्शन मिति आगामी भदौ ११ गते तोकिएको छ।
फागुन १७, २०७७ सोमबार १५:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।