तीन घण्टाको छलफलपछि पल शाह र अरुणको झगडा मिल्यो  

तीन घण्टाको छलफलपछि पल शाह र अरुणको झगडा मिल्यो  

काठमाडौँ : अवहेलना गरेको भन्दै एक अर्का विरुद्ध उत्रिएका अभिनेता पल शाह र चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबिच मिलापत्र भएको छ।

प्रहरीको रोहवरमा उनीहरूबिच मिलापत्र भएको हो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार करिब ३ घण्टाको छलफलपछि उनीहरूबिच सहमति जुटेको हो।

‘दुवै पक्षलाई हामीले राखेर मिलेर जान सुझाव दिएका थियौँ । दुवै जना कलाकार भएकाले झगडा चर्काउनु भन्दा पनि मिल्नु राम्रो भन्दा दुवै जनाले आइन्दा यस्तो झगडा नगर्ने र मिलेर जाने सहमति भयो र सम्झौता पत्रमा हस्ताक्षर गराएर पठाएका छाैँ,’ ओलीले भने।

सङ्घका अध्यक्षले पनि पलसँग सहमति भएको बताए। उनले भने,‘सुरुमा त पलजी आउनु भएको थिएन । उहाँका म्यानेजर आउनुभएको थियो । म आफै केस मिलाउँछु भन्दै हुनुहुन्थ्यो । हामीले पल नआई यो केस मिल्दैन भनेपछि पलजी आउनुभयो । पलजीले मैले नचिनेर यस्तो भएको हो भन्दै माफी मागेपछि मैले माफी दिए।’

यता अभिनेता पलले पनि दुवै जनाबिच सहमति भएको बताए । दुवैले आफ्नो गल्ती स्वीकार गरेपछि सहमति भएको पलले बताए। उनले भने,’अरुणजीले पनि आफ्नो कमजोरी भएको स्वीकार गर्नुभयो । मेरो म्यानेजर कृष्ण जोशीले पनि आफ्नो कमी कमजोरी स्वीकार गरेपछि सहमति भयो ।’

फागुन १४, २०७७ शुक्रबार २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।