एक दशकपछि घमेशले गाए ‘बनमा खयर’
काठमाडौँ : लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि नयाँ गीत श्रोता तथा दर्शक माझ लिएर आएका छन्। ‘बनमा खयर’ गीतको भिडियो सहित उनी श्रोता तथा दर्शकमाझ आएका हुन्।
यस गीतमा घमेशलाई गायिका प्रविशा अधिकारीले गायनमा साथ दिएकी छन्। यस गीतमा शिव हमालको शब्द, प्रभावन जेको लय रहेको छ भने कमल सौरागको सङ्गीत संयोजन छ।
गीतको भिडियोलाई डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यस गीतको भिडियोमा बुद्धि तामाङ, सत्यकला बमजन र पुरु सिग्देलको अभिनय रहेको छ।
कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायाङ्कन हरिस मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन्। सोलुखुम्बुको रमणीय स्थलमा भिडियो छायाङ्कन गरिएको डीएआर मुभिजका विवेक चौलागाईले बताए।
गायक घमेश दुलालका नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिठ्ठी आदि दर्जनौँ गीत चर्चामा छन्।
फागुन १४, २०७७ शुक्रबार १९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।