‘मिस इको इन्टरनेसनल’मा सहभागी हुन मार्चमा इजिप्ट जाँदै अनुश्मा
काठमाडौं : अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२१’मा सहभागी हुन अनुश्मा रायमाझी मार्च पहिलो साता इजिप्ट जाने भएकी छन्।
इजिप्टमा १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन २१ वर्षीया अनुश्मा त्यहाँ जान लागेकी हुन्।
‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को विजेता भएपछि उनी प्रतियोगिताका लागि छानिएकी हुन्।
प्रतियोगिताका क्रममा कल्चरल ड्रेस तथा सांस्कृतिक र पर्यटकीय स्थानबारे प्रचारप्रसार गर्ने उनले बताइन्।
मिस इको इन्टरनेसनलका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले उपाधिको आशा रहेको बताए।
प्रतियोगितामा ६० भन्दा बढी देशको सहभागिता रहनेछ।
अनुश्मा उक्त प्रतियोगितामा सहभागी हुने नेपालकी छैटौं सुन्दरी हुन्। यसअघि प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचन र मौनता लामाले प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।
प्रतियोगिता सन् २०१५ मा इजिप्टमा सुरु भएको हो।
फागुन १०, २०७७ सोमबार १९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।