तिहारमा भिड्दै साहिद ‘जर्सी’ र अक्षयको ‘पृथ्वीराज’
तर, अहिले कोरोना त्रास बिस्तारै कम हुँदै गएपछि चलचित्र प्रदर्शनको मिति तय गर्न थालिएको छ। व्यापार व्यवसाय चाडपर्वमा धेरै हुनेभएकोले बलिउडका चलचित्रकर्मीले आफ्नो चलचित्रको प्रदर्शन मिति तय गरिरहेका छन्।
अपेक्षित गरिएका अक्षय कुमारको ‘पृथ्वीराज’ र साहिद कपुरको‘जर्सी’ तिहारमा एकैसाथ प्रदर्शनमा आउने भएका छन्। हालै यशराज ब्यानरले केही चलचित्रको रिलिज घोषणा गरेको छ। यसमा अक्षय कुमार अभिनीत चलचित्र ‘पृथ्वीराज’ पनि परेको छ। साहिद कपुर अभिनीत ‘जर्सी’ पनि सोही मितिमा प्रदर्शन हुनेभएपछि दर्शक बाँडिने हल्ला चल्न थालेका छन्।
चाडपर्वकै आस
बलिउडमा तिहारको समयमा चलचित्रबाट राम्रो कमाई हुने भएकाले पनि तिहारमा चलचित्र प्रदर्शन गर्नेको होडबाजी नै चल्छ। यसले गर्दा पनि साहिदको ‘जर्सी’ र अक्षयको ‘पृथ्वीराज’ एकै समयमा रिलिज गर्ने घोषणा गरिएको हो।
साहिद कपुर अभिनीत चलचित्र ‘जर्सी’ क्रिकेट खेल सम्बन्धी निर्माण गरिएको हो भने अक्षयको फरक कथा बस्तुमा निर्माण भएको भनिएको छ।
बलिउड हङ्गामाका अनुसार राज ब्यानरले सन् २०२१ म आधा दर्जन चलचित्र रिलिज गर्ने तयारी गरेको छ।
चाखलाग्दो कुरा के भने, पृथ्वीराज र जर्सी बाहेक त्यहाँ ‘अप्ने २’ तिहारमा नै प्रदर्शन गर्ने तयारी छ। त्यस्तै आलिया भट्ट अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ पनि दीपावली कै समयमा प्रदर्शन गर्ने हल्ला बाहिरिएको छ। धेरै चलचित्र एकै समयमा रिलिज गर्दा बक्स अफिसमा ठुलो असर पर्ने अनुमान समेत हुन थालेको छ।
फागुन ८, २०७७ शनिबार १०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।