सेयर बजार १५ अङ्कले बढेर बन्द भयो
काठमाडौँ : १५ अङ्कले बढेर मङ्गलवार सेयर बजार बन्द भएको छ। मङ्गलवार नेप्से १५ दशमलव ५० प्रतिशतले बढेर २ हजार ६ सय १ दशमलव ५१ अङ्कमा पुगेर रोकियो।
सेन्सेटिभ इन्डेक्स ४ दशमलव ०९ अङ्कले वृद्धि भयो।
मङ्गलवारको कारोबारको रकम १० अर्ब नाघ्यो । दिनभर ७६ हजार ४९३ कारोबार हुँदा १ करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भएको थियो। कारोबार रकम १० अर्ब ३ करोड ५४ लाख पुग्यो।
बैङ्कका लगानीकर्ताले मङ्गलवार धेरै कमाए। बैङ्किङ समूहको सब–इन्डेक्स ३८ दशमलव ४१ अङ्कले वृद्धि भयो। विकास बैङ्क ६दशमलव ४७ अङ्कले बढ्दा अन्य समूहमा रहेका कम्पनीहरूको सब इन्डेक्स ५ दशमलव ५४ अङ्कले बढेको थियो।
होटेल, जलविद्युत, फाइनान्स, बिमा कम्पनी र लघु वित्त समूहको सब इन्डेक्स घट्यो ।
फागुन ४, २०७७ मंगलबार १५:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।