काँग्रेसले आज ७७ जिल्लामा प्रदर्शन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान विपरीत संसद् विघटन गरेको भन्दै काँग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो।
असंवैधानिक, अलोकतान्त्रिक कदम विरुद्ध आन्दोलनमा रहेको काँग्रेसको यो तेस्रो चरणको अन्तिम विरोध प्रदर्शन हो। विरोध प्रदर्शनमा सहभागी हुन काँग्रेसका केन्द्रीय नेताहरू जिल्ला जिल्ला पुग्दै छन्।
सभापति शेरबहादुर देउवा रुपन्देही, वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ र महामन्त्री डाक्टर शंशाक कोइराला दाङ पुग्दै छन्। ललितपुरको लगनखेलमा हुने विरोध प्रदर्शनमा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ।
काँग्रेसले आन्दोलनको समीक्षा गर्दै चौथो चरणको आन्दोलनका कार्यक्रमबारे छलफल गर्न फागुन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
फागुन ३, २०७७ सोमबार ०७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।