सरकारले ३ वर्षमा गरेका उपलब्धि मूलक कामको विवरण सार्वजनिक गर्दै 

सरकारले ३ वर्षमा गरेका उपलब्धि मूलक कामको विवरण सार्वजनिक गर्दै 

प्रधानमन्त्री ओलीले सरकारले गरेका उपलब्धिमूलक कामको विवरण बिहान ११ बजे सार्वजनिक गर्न लागेका हुन्। 

सरकारका राम्रा काम नदेख्ने र आलोचना मात्रै हुने गरेको भन्दै आएका ओलीले आफू नेतृत्वको सरकारले महत्त्वपूर्ण काम गरिरहेको दाबी गर्दै आएका छन्।

कोरोना भाइरसको त्रासपछि बालुवाटारबाटै शासन सत्ता सञ्चालन गर्दै आएका ओली कामको विवरण सार्वजनिक गर्न झन्डै १ वर्षपछि सिंहदरबार छिर्दै छन्। 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारबाट सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भएका उपलब्धि सार्वजनिक हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

३ फागुन, २०७७, ०७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।